हिमालयन हाइड्रोपावरको आईपीओ १ लाख ८३ हजार ४७ जनालाई बाँडफाँड

हिमालयन हाइड्रोपावरको आईपीओ १ लाख ८३ हजार ४७ जनालाई बाँडफाँड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) १ लाख ८३ हजार ४७ जनाले प्राप्त गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडमा कुल आवेदक १५ लाख ९५ हजार ५५४ जनाको ११.४७ प्रतिशतले मात्र पाएका हुन् । बाँकी १४ लाख १२ हजार ५०७ जनाले सेयर प्राप्त गर्न सकेनन् । जुन कुल आवेकको ८८.५३ प्रतिशत हो ।

बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले १८ लाख ३० हजार ४७० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहे २ कित्ता सेयर गोलाप्रथाबाट सेयर प्राप्त गरेका आवेदकमध्ये २० कित्ताभन्दा धेरै कित्ता माग गर्दै आवेदन दिएकामध्ये २ जनाले थप १.१ कित्ता बाँडफाँड गरिएको थियो । यसअनुसार १ लाख ८३ हजार ४५ जनाले १० कित्ता र २ जनाले ११ कित्ता सेयर प्राप्त गरे ।

निर्देशिका अनुसार कम्पनीको सेयर खरिदका लागि १५ लाख ९५ हजार ५५४ वटा आवेदन मार्फत १ अर्ब ७७ करोड ५४ लाख ३० हजार रुपैयाँ बराबरको १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका माग परेको थियो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको ९.७० गुणा बढी हो ।

हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जारी सेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई बाँडफाँड गरिएको छ । १८ लाख ३० हजार ४७२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।