बैंकिङ्ग समाचार, काठमाडौं ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओ भर्ने समय साउन थप गरेसँगै अव स्थानीय बासिन्दाले आईपीओमा साउन १० गतेसम्म आवेदन सक्ने भएका हुन् ।
रसुवागढीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुन ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै सेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री समेत हुँदै आइरहेको छ ।
उक्त सेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.५:१.५ स् १ अनुपातमा बाँडफाँड गरिने जनाएको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
प्रतिक्रिया