पाँच महिनामा लघु निर्जीवन बीमकको व्यापार उत्साहजनक, कुनकाे कति ?

पाँच महिनामा लघु निर्जीवन बीमकको व्यापार उत्साहजनक, कुनकाे कति ?


काठमाडाैं-  चालु आर्थिक वर्ष २०८१/८२ का पाँच महिना (साउन-मङ्सिर) काे अवधिमा लघु निर्जीवन बीमकले ३४ करोड बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा ४ वटा लघु निर्जीवन बीमकले पाँच महिनामा ३३ करोड ८८ लाख ७४ रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । सो अवधिमा लघु निर्जीवन बीमकले १ लाख ३३ हजार ३८५ वटा बीमालेख जारी गरेर सो रकम संकलन गरेका छन्।

प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्याेरेसन्स कम्पनी लिमिटेडले १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिमा कम्पनीले कम्पनीले ३९ हजार ८६६ वटा बीमालेख बिक्री गरेको थियो । यसैगरी सो अवधिमा प्राेटेक्टिभ माइक्राे इन्स्याेरेन्स कम्पनीले ३९ हजार ८६६ वटा बीमालेख बिक्री गरेर १० करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा स्टार माइक्रो इन्स्याेरेन्स कम्पनीले ३५ हजार १०० वटा बीमालेख बिक्री गरेर ७ करोड ७२ लाख ७६ हजार रुपैयाँ र ट्रस्ट माइक्रो न्स्याेरेन्स कम्पनीले २८ हजार ५८ वटा बीमालेख बिक्री गरेर ७ करोड ७१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।