बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्ष आएको बाढी पहिरोका कारण भएको क्षति अन्तर्गतको दावी वापत मादीपावर प्रा.लिलाई १२ करोड ३ लाख ९ हजार ३ सय ५२ रुपैयाँ को दावी भूक्तानी गरेको छ ।
उक्त रकम बराबरको चेक मादीपावर प्रा. लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमवेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथाशक्य चाँडो दावी भूक्तानी गर्न प्रयत्नशिल रहीआएको सगरमाथा इन्स्योरन्स कम्पनीले यस आर्थिक बर्षमा १ अर्ब ५३ करोड बराबरको दावी भूक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया