पाँच महिनामा जीवन बीमा कम्पनीद्वारा ६५ अर्ब ७४ करोड बीमा शुल्क संकलन, कुनकाे कति ?

पाँच महिनामा जीवन बीमा कम्पनीद्वारा ६५ अर्ब ७४ करोड बीमा शुल्क संकलन, कुनकाे कति ?

'वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख रूपैयाँ आर्जन'


काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना ( साउनदेखि मंसिर) मा ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८ करोड ९७ लाख र नवीकरण बीमा शुल्कबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ संकलन गरेका हुन् ।

समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी पाँच महिनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख रूपैयाँ, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख रूपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।