काठमाडौ – नेपाल धितोपत्र बोर्ड सेबोनले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०।२५ अनुपातका दरले हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।
अनुमति पाएसँगै नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
प्रतिक्रिया