आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त मर्ज हुने

आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त मर्ज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त बीच मर्जर सम्झौता भएको छ ।

बुधवार आयोजित कार्यक्रामका बीच यी दुई कमपनीले एकापसमा मर्जरमा जाने सम्झौता गरेका हुन्।

प्रारम्भिक सहमति अनुसार दुई कम्पनीबीच १००:७० को स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ। अन्तिम स्वाप भने डीडीएपछि तय हुने कम्पनीले बताएको छ ।

हाल आँधिखोला लघुवित्तको चुक्तापूँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने हालैमात्र आईपिओ जारी गरेको सिवाईसी नेपाल लघुवित्तको चुक्तापूँजी १२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्यांग्जामा रहेको छ भने सिवाईसी नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लामा रहेको छ ।

यसअघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्त बीच मर्जर सम्झौता रद्द भएपछि नेप्सेले गत जेठ २७ गतेदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा गरेको थियो ।