तीन महिनापछि नेप्सेमा कारोबार ४ अर्ब नाघ्यो, घटेर बन्द भयो नेप्से

तीन महिनापछि नेप्सेमा कारोबार ४ अर्ब नाघ्यो, घटेर बन्द भयो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सेयर बजारमा तीन महिनापछि कारोबार रकम ४ अर्ब नाघेको छ । यसअघि चैत १३ गते आइतबार सेयर बजारमा ४ अर्ब ७८ करोडको सेयर कारोबार भएकोमा त्यसपछि कुनैपनि दिनमा ४ अर्बभन्दा माथि कारोबार भएको थिएन ।

असार २० गते सोमबार नेप्से ९.७५ अंकले आरोलो लागेर २०७६.६७ अंकमा झरेको छ । यद्यपी यो दिन २३४ कम्पनीका एक करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि यस अवधिमा २.८९ अंकले घटेर ३९८.८३ बिन्दुमा झरेको छ ।

कारोबारको सुरु हुँदा २०८६ बिन्दुमा खुला भएको बजार प्रि ओपनिङ्गमा ९ अंक बढीले बढेको थियो । ८ मिनेटमा नै २१०८ बिन्दुसम्म बढेको बजार त्यसपछि १८ मिनेटमा नै घटेर २०८१ घट्न पुग्यो त्यसपछि बढेको बजार पुनः ३८ मिनेटमा, एक बजेर ७ मिनेटमा झरेको थियो । 

त्यसपछि केही सम्हालिएको बजार १ बजेर ४१ मिनेटपछि निरन्तर ओरालो लागेको थियो । दिउँसो २ बजेर ५६ मिनेटमा सर्वाधिक तल्लो बिन्दु २०६० सम्म झरेको नेप्से अन्तिममा केही सुधार भएर २०७६ बिन्दुमा कारोबार बन्द भएको हो । दिउँसो एक बजेर ४ मिनेटमा ६२ अंकले बढेर सर्वाधिक २१४८.६२ बिन्दुसम्म पुगेको थियो । 

कारोबारमा आएका उपसमुहगत सूचकमध्ये दश वटा बढ्दा तीनवटा घटेको छ । जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै घटेका हुन् । अन्य उपसमुहगत सूचक १.८५ प्रतिशतले घट्दा होटल १.६७, विकास बैंक १.४७, लघुवित्त १.३२ प्रतिशतले घटेको हो । बाँकी बढोत्तरी हुने र घट्नै दुबै एक प्रतिशतभन्दा कम उतार चढाव भएको छ ।

यसदिन शिवम् सिमेन्टसको सर्वाधिक १७ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरी १६.९० करोड, एशियन लाइफ १२.९६ करोड, अरुण काबेली पावरको ११.७८ करोड र अपर तामाकोशीको ११.६७ करोडको सेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा सिवाईसी नेपाल लघुवित्त र ङादी प्रुप पावरको सेयरमूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिवाईसीको १२७.६० रुपैयाँ बढेर १४०३.६० रुपैयाँ पुग्दा ङादी ग्रुप पावरको २६.३० रुपैयाँ बढेर २८९.९० रुपैयाँ पुगेको छ ।

\"\"चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद जारी गर्न सोमबार बुकक्लोज गरेपछि समायोजित सेयरमूल्य निकै सस्तो हुँदा लगानीकर्ताले कम्पनीको सेयर उठाएका हुन् । सिवाईसी नेपालको कारोबार तल्लो रेञ्जमा खुल्दा निरन्तर बढोत्तरी हुँदै आएको छ । यस्तै सामलिङ पावरको ७.७० प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको ६.८५ प्रतिशत र बिशाल बजार कम्पनीको सेयरमूल्य ६.६७ प्रतिशतले बढेको छ ।

उता ग्लोबल आइएमई डिबेञ्चर ८६।८७ को मूल्य सर्वाधिक ९.७५ प्रतिशतले घटेको बजारमा युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावरको ६.०४ प्रतिशत, मैलुङ्गखोला जलविद्युत कम्पनी ५.९३ प्रतिशत र समीट लघुवित्तके सेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।