राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर बाँडफाँड

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर बाँडफाँड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार १६ गते बिहीबार बाँडफाँड भएको छ ।

कम्पनीले कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावित क्षेत्र रूकुम पूर्वी जिल्ला र रूकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि जारी पुँजीको १० प्रतिशत सेयर निष्कासन गरेको थियो ।

उक्त आईपीओ असार १६ गते बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेकोे थियो ।

जसमध्ये रितपुर्वक परेको ५ लाख ७५ हजार १७० कित्ता सेयर स्थानीयमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

स्थानीयबाट आवेदन नपरेको ३७ हजार ६२३ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाइ निष्काशन हुने सेयरमा थप हुनेछ । कम्पनीले यसअघि सर्वसाधारणमा जारी पुँजीको ३८ प्रतिशतले हुन आउने २३ लाख २८ हजार ६१७ कित्ता सेयर निष्काशन गर्ने योजना रहेको थियो । स्थानीयमा अवितरित सेयर सहित अब कम्पनीले २३ लाख ६६ हजार २४० कित्ता सेयर बिक्रीमा आउनेछ ।

कम्पनीले रुकुम जिल्लामा पाँच मेगावाट क्षमाताको रुकुमागाढ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत प्रतिमेगावाट २६ करोड ६८ लाख ८५ हजारका दरले अनुमानित १ अर्ब ३३ करोड ४४ लाख २८ हजार ११४ रुपैयाँ रहेको छ । आयोजनाबाट साधारण लगानी फिर्ता हुन ८.९७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने समय २१.०९ वर्ष रहेको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको रुपमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, लमजुङ्ग विद्युत विकास कम्पनी लिमिटेड, खारे इन्भेष्टमेन्ट लिमिटेड, गण्डकी ईनर्जी लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड लगायतका सेरधनीहरु रहेका छन् ।