हिमालयन हाइड्रोको आईपीओ भर्ने आज अन्तिम, ८.६७ गुणा बढी माग

हिमालयन हाइड्रोको आईपीओ भर्ने आज अन्तिम, ८.६७ गुणा बढी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आज (असार १९ गतेसम्म) कार्यालय समयभित्र मात्र आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताहरुले मेरो सेयर एप तथा वेवसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा तीन दिनको अवधिमा करिब १४ लाख बढीले आवेदन गरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्ममा १३ लाख ९७ हजार ७०५ आवेदकबाट एक अर्ब ५८ करोड ७१ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ७१ हजार ९४० कित्ता सेयर माग भएको हो । यो सर्वसाधारबाट माग भएको सेयरसंख्याभन्दा ८।६७ गुणा बढी हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।