आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले लघुवित्त संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

विसं २०७९ साल असार २९ गतेबाट संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्साल काठमाण्डौं मार्फत हुनेछ ।

असार १३ गते सोमबार भएको आदर्शको आईपीओ ६ हजार २६१ आवेदकले पाएका छन् । सदर आवेदनमध्ये ६ हजार २६१ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले ६२ हजार ६१० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरि बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये २० कित्ताभन्दा धेरै आवेदन गर्नेमध्येबाट पुनः गोलाप्रथाबाट गरी पाँच जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म कुल ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि सर्वसाधारणलाई आवेदन माग गरिएको थियो ।

चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँड पश्चात २ करोड ७ लाख रुपैयाँ पुगेको छ ।