काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा पुस २४ गते हुने भएकाे छ। कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेकाे ४१८ औं बैठकले पुस २४ गते दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा हुनेछ । साधारणसभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
साधारणसभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको शेयर दर्ता किताब बन्द रहनेछ।
प्रतिक्रिया