माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग सिथत सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले असार १७ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो ।

१६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एंव माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा समुद्घाटन गरेका हुन ।

धादिङ्ग जिल्लामा खोलिएको नयाँ शाखा सगैँ यस जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।