बिपिडब्लु लघुवित्तले आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

बिपिडब्लु लघुवित्तले आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

लघुवित्त कम्पनीले आईपीओ जारी गर्नका लागि पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बोर्डका अनुसार बिपिडब्लु लघुवित्तले असार ८ गते बोर्डसँग अनुमति मागेको हो ।

लघुवित्तले सर्वसाधारणलाई ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ र हाल संस्थापकहरुबाट चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशनका लागि लघुवित्तले यसअघि नै मेगा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमिला शाक्य तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यस्तै, बोर्डले असार १४ गते इङ्वा हाइड्रोपावरसँग थप आवश्यक कागजात माग गरेको छ । विद्युत नियमन आयोगबाट पुर्व स्वीकृतिपत्र र अन्य आवश्यक कागजात बुझाउन बोर्डले पत्राचार गरेको हो ।

कम्पनीले २०७८ फागुन १६ गते धितोपत्र बोर्डसँग आइपीओ बिक्री गर्न अनुमति मागेको थियो । कम्पनीले आयोजन प्रभावित स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको आईपीओ नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत निष्काशन हुनेछ ।