नेप्से ८.८७ अंकले घट्यो, एक अर्ब ४५ करोडको कारोबार  

नेप्से ८.८७ अंकले घट्यो, एक अर्ब ४५ करोडको कारोबार  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा झरेको छ । शुक्रबारको बजारमा एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

यसदिन दुई कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२३ रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १६० रुपैयाँ पुगेको छ ।

त्यस्तै यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी शिवम् सिमेन्टको ५ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।