ग्लोबल आईएमई बन्यो ७७ जिल्लामै शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

ग्लोबल आईएमई बन्यो ७७ जिल्लामै शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९ औँ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आईएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको हो ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ ।