समृद्धि फाइनान्सको संस्थापक सेयर १०० रुपैयाँमा खरिद गर्न सकिने

समृद्धि फाइनान्सको संस्थापक सेयर १०० रुपैयाँमा खरिद गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  फाइनान्सले असार १७ शुक्रबार संस्थापक सेयर बिक्री सम्बन्धी ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ुगु वर्गको इजाजतपत्र प्राप्त यस समृद्धि फाइनान्स कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र निवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढी कतिमा लिन चाहेको हो, सो खुलाई सञ्चालक समितिलाई सम्बोधन गरि निवेदन दिनुपर्नेछ ।

उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रहि प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक सेयर बिक्रीका लागि प्रकृया अगाडि बढाइने फाइनान्सले जनाएको छ ।

समृद्धि फाइनान्सले यसअघि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो । सो सेयरको कट अफ प्राइस १०० रुपैयाँ नै निर्धारण भएको छ । सोही अनुसार हाल बिक्री खुाला गरिएको संस्थापक सेयर पनि एक सय रुपैयाँमा नै खरिद गर्न पाउनेछन् ।