प्रभु बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु बैंक लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी पूर्णमान शाक्यको नाममा रहेको उक्त सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेगरी उक्त सेयरको बिक्री खुला गरेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले असार १७ गते शुक्रबारदेखि ३५ दिनभित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिन सक्नेछन् । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा दोस्रो चरणमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला हुनेछ ।

बिक्री खुला गरिएको सेयरको मूल्य र कित्ता उल्लेख नगरिएकाले न्यूनतम एक हजार कित्ता र न्यूनतम प्रतिसेयर १०० रुपैयाँदेखि प्रतिस्पर्धी मूल्यमा निवेदन दिन सकिनेछ । धेरै मूल्य कबुल गर्ने लगानीकर्ताले उक्त सेयर पाउनेछन् ।