दुई लघुवित्त र एक इन्स्योरेन्स सहित नेप्सेमा तीन कम्पनीको बोनश शेयर सुचिकृत

दुई लघुवित्त र एक इन्स्योरेन्स सहित नेप्सेमा तीन कम्पनीको बोनश शेयर सुचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमामा आज ३ कम्पनीको गरि कुल २० लाख २ हजार ९ सय ७४ दशमलव ६४ कित्ता शेयर सुचिकृत भएको छ । नेप्सेमा एभरेष्ट इन्स्योरेन्स, समिट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने ७ लाख १० हजार १ सय ६२ दशमलव ६४ कित्ता बोनश शेयर, समिट लघुवित्तको २५.२८५४ प्रतिशतले हुन आउने ९ लाख ९७ हजा कित्ता बोनश शेयर र जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशतले हुन आउने २ लाख ९५ हजार ८ सय १२ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।