पन्ध्र अर्बको विकास ऋणपत्रको बोलकबोल आज

पन्ध्र अर्बको विकास ऋणपत्रको बोलकबोल आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज १५ अर्बको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ ।

इच्छुक खरिदकर्ताले मंगलबार दिएासो ३ बजेभित्र केन्द्रीय बैंकको राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागको वेवसाइटमा गएर अनलाइन बिडिङ्ग सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १५ गते हुने छ भने यसको ब्याज अर्धवार्षिक रुपमा हुने र ब्याजमा आयकर लाग्ने सूचनामा उल्लेख छ ।

खरिदकर्ताले घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् । दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने ऋणपत्र खरिदको बोलकबोल मङ्गलबार हुनेछ । यस्तो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सकिने छ ।

बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै ५ वर्ष अवधिको उक्त विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको थियो ।