एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

एनएलजी इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएलजी इन्स्योरेन्सले गत चैत १७ गतेको साधारण सभाबाट पारित गरेको बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ । 

इन्स्योरेन्सले २०७८ चैत ५ गतेसम्ममा सेयर अभौतिक गराएकाहरूको हकमा मात्र डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको जनाएको छ ।

कागजी सेयर धारण गरेकाहरूलाई सेयर डिम्याट गर्न आग्रह गर्दै इन्स्योरेन्सले सो पश्चात मात्र डिम्याट खातामा बोनस सेयर जम्मा हुने बताएको छ । 

चैत ५ पछि सेयर अभौतिक बनाएका लगानीकर्तालाई क्रमिक रुपमा बोनस सेयर जम्मा गर्दै जाने जनाएको कम्पनीले चैत ५ गतेसम्म कम्पनीको सेयर धितो बन्धक राखेकाहरूलाई सम्बन्धित बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यस्ता लगानीकर्ताले पाउने बोस सेयर बैंक वित्तीय संस्थाको नाममा रोक्का जनाई सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिसकिएको इन्स्योरेन्सले जनाएको छ ।