महालक्ष्मी लाइफले नवीकरण बीमाशुल्कको विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने

महालक्ष्मी लाइफले नवीकरण बीमाशुल्कको विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्कको विलम्ब शुल्कमा ३५ प्रतिशत  छुट दिने भएको छ ।

कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै बीमाशुल्क भुक्तानी गनुएपर्ने मिति रही भुक्तानी नगरेका बीमितहरुलाई २६ गतेभित्र शुल्क बुझाएमा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिन लागेको जनाएको छ ।

बीमितहरुको नविकरण बीमाशुल्क तिर्नुपर्ने समय २०७७ असार १२ देखि २०७९ सार ११ गतेसम्म नवीकरण समय रही विलम्ब शुल्क लागेको बीमालेखको नवीकरण बीमाशुल्क बुझाउदाँ बीलम्ब शुल्कमा छुट दिने भएको हो ।

उक्त छुटको सुविधा यसभन्दा अघि छुट प्राप्त गरिसकेका बीमालेखमा उपलब्ध नहुने उल्लेख गरिएको छ ।