नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनी र एनएलजी इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । 

नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । 

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।