काठमाडौं – पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच धादिङ खनियाबस गाउँपालिका २ बस्ने आमा इनुशा तामाङले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन् ।
जन्मदिनमा छोरा जोयल तामाङलाई उज्जवल भविष्यको कामना गर्दै आमाले बीमा पोलिसी उपहार दिएकी हुन् । छोरा दुई बर्ष पूरा गरेर तिन बर्षमा प्रवेश गर्दा उनले सिटिजन लाइफको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरेकी हुन् ।
प्रतिक्रिया