उतारचढावका बिच लगभग १४ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि अर्ब माथि

उतारचढावका बिच लगभग १४ अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर १ हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४५.२५ अंकले घटेर १ हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको थियो । 

त्यस्तै, आज दुई घण्टा कारोबार भएको शेयरबजारमा १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।         

नेप्सेका अनुसार केहि दिनदेखि लगातार उच्च अंकको वृद्धि भएको आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज भने घटेको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।