काठमाडौं– आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ३५ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कात्तिक महिनासम्ममा ३५ हजार ९८५ वटा बीमालेख समर्पणवापत कुल ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।
जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको १० हजार ४८ वटा पोलिसी बराबर १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३२.६४ प्रतिशत हिस्सा हो ।
नेपाल लाइफको ८ हजार ४०८ वटा बीमा पोलिसी वापत १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २८ .४५ प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको ३ हजार ८७५ वटा बीमा पोलिसी वापत ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ७.७५ प्रतिशत हिस्सा हो । नेशनल लाइफको १९ सय ७९ वटा पोलिसी वापत २९ करोड ३१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ ।
जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ .०७ प्रतिशत हिस्सा हो । एशियन लाइफको २६ सय २३ वटा बीमा पोलिसी वापत २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ . ७९ प्रतिशत हिस्सा छ ।
आइएमई लाइफको ५८७ वटा बीमा पोलिसी वापत ६ करोड ५४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ९०३ वटा बीमा पोलिसी वापत ६ करोड ५२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ४३२ वटा बीमा पोलिसी वापत ५ करोड ४९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
रिलायबल नेपाल लाइफको ५८२ वटा बीमा पोलिसी वापत ३ करोड ६३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २३२ वटा बीमा पोलिसी वापत २ करोड २९ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सूर्यज्योति लाइफको १९ सय १० वटा पोलिसी वापत २३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४.७९ प्रतिशत हिस्सा छ ।
हिमालयन लाइफको २ हजार ४९८ वटा बीमा पोलिसी वापत २२ करोड ७४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ .७१ प्रतिशत हिस्सा छ । मेट लाइफको १२ सय ४५ वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ६६३ वटा पोलिसी वापत ९ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
प्रतिक्रिया