सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
असार ८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, इन्स्योरेन्सको शेयर प्रतिकित्ता ३६७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न असार २० गते चौथो वार्षिक साधारण सभा डाकेको छ ।