दोर्दीखोला जलविद्युतको आईपीओ बुधबार बिहान बाँडफाँड हुँदै

दोर्दीखोला जलविद्युतको आईपीओ बुधबार बिहान बाँडफाँड हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ८ गते बुधबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटको कार्यालयमा बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यसमा केहि आवेदन रद्द भएका छन् । यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८.८९ गुणा बढी हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट अवितरित भएको २ लाख ९७ हजार ८४० कित्ता सहित सो संख्याको आईपीओ बिक्री खुला गरेको थियो ।

यस जलविद्युत कम्पनी निष्काशन गर्ने कुल आईपीओ मध्ये पाँच प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुलाई तथा तीन प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।