राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आवेदन समय तीन दिन थप

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आवेदन समय तीन दिन थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदन दिने समय थप भएको छ ।

कम्पनीको सेयर छिटोमा बन्द हुने मिति ७ असार (आज) सम्म रहेकोमा तीन दिन समय थप गरिएको हो । यससँगै लगानीकर्ताले असार १० गतेसम्म आईपीओ भर्न सक्नेछन् ।

कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट स्थानीय परिचय खुल्ने कागजातका साथ आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै ग्लोबल आइएमई बैंकको छिप्री दह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । बी प्लस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।