सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले शेयर बोनस भने प्रस्ताव गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ छ ।

मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।