काठमाडौं– निर्जीवन लघु बीमकले चालु आर्थिक वर्ष कात्तिकसम्म २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बढीको व्यापार भित्राएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा ४ वटा लघु निर्जीवन बीमकले १ लाख १ हजार ३६१ वटा बीमालेख जारी गर्दै २६ करोड १४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
नेपाल माइक्रो इन्स्योरेन्स –सबैभन्दा बढी व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले कात्तिकसम्म ३० हजार ६६२ वटा बीमालेख बेचेर ७ करोड ९० लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स–दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २२ हजार ९३८ वटा बीमालेख बेचेर ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स– तेस्रोमा ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेको छ। कात्तिकसम्म यो कम्पनीले २० हजार ९९२ वटा बीमालेख बिक्री गरेर ५ करोड ९३ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
स्टार माइक्रो इन्स्योरेन्स–चालु आर्थिक वर्षको ४ महिनामा स्टार माइक्रो इन्स्योरेन्स २६ लाख ७६९ वटा बीमालेख बेचेर ५ करोड ८९ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्रतिक्रिया