आदर्श लघुवित्तको आईपीओमा पहिलो दिनमा नै ६३ गुणा बढी आवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) मा पहिलो दिनमा नै तीन लाख ४५ हजार ८८५ वटा आवेदन मार्फत ६३.७२ गुणा बढी आवेदन परेको छ ।

सिडिएससीका अनुसार बुधबार साँझ ७ बजेसम्ममा कम्पनीको आईपीओमा ३९ करोड ८९ लाख ६८ हजार ८९ मूल्यका ३९ लाख ८९ हजार ६८० कित्ता सेयर माग भएको हो । उक्त संख्या सर्वसाधारणबाट माग भएको सेयर संख्याको ६३.७२ गुणा बढी हो ।

कम्पनीले असार १ गते बुधबारदेखि कुल ६७हजार कित्ता सेयर निष्काशन गरेकोमा कर्मचारीहरु र सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी ६२ हजार ६१५ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

लघुवित्तले निष्काशन गरेको कुल ६७ हजार कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा असार ६ गतेसोमबारभित्र आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई ुकेयर एनपी सिंगल बि प्लस इस्यूअरु रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।