रिभर फल्सको आईपीओ बिहीबारदेखि कारोबार खुल्ने, ७० लाख कित्ता सेयर सूचीकरण

रिभर फल्सको आईपीओ बिहीबारदेखि कारोबार खुल्ने, ७० लाख कित्ता सेयर सूचीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

रिभर फल्सको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । कम्पनीको बुधबार ७० लाख कित्ता सेयर सूचीकरण भएको हो ।

बुधबार सेयर सूचीकरण भएसँगै धितोपत्र सूचीकरण व्यवस्था अनुरुप कम्पनीको सेयर बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि आरएफपीएल कारोबार संकेत दिएको छ । यहि कारोबार संकेतमा कम्पनीको धितोपत्र खरीद बिक्री हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज समेत तोकेको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा पहिलो कारोबारका लागि न्यूनतम ८७.९८ रुपैयाँ देखि अधिकतम २६३.९४ रुपैयाँसम्म ओपनिङ्ग कारोबार रेञ्ज तोकेको छ । यसअनुसार कम्पनीको सेयर बिहीबार स्पेशल प्रि-ओपनिङ्ग सेसनमा कारोबार म्याच भई नियमित कारोबारमा आउनेछ । 

नेप्सेले कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ ।