ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा बुढाथोकी

ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा बुढाथोकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हरि बहादुर बुढाथोकीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ ।

बैंक सञ्चालक समितिको २०७९ जेठ ३१ गते दिनको ५ बजे बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार बैंकका वरिष्ठ प्रबन्धक हरि बहादुर बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो ।

बैंकका सञ्चालन तथा अनुपालना विभाग प्रमुख सुशिल पौडेलले मंगलबारको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि असार १ देखि लागू हुनेगरी कामय मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको चार वर्षे कार्यकाल २०७९ जेठ ३१ गते समाप्त भएपछि बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो ।

सोही बैठकले बैंकका सञ्चालन तथा अनुपालना विभाग प्रमुख सुशिल पौडेललाई कम्पनी सचिव नियुक्त गरेको छ ।