पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन

पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तथा लगानीकर्ता तिलक कोइरालाले बजार सुधारका लागि १९ बुँदे माग सहित असार १ गते देखि आमरण अनशन सुरु गरेका छन ।

नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा अनशन बस्न नदिएपछि कोइरालाले बोर्डकै गेट बाहिर सडकमा अनशन थालेका हुन । उनले माग पूरा नभएसम्म आमरण अनशन जारी रहने बताएका छन । अनशन सुरु गर्नु अगाडि उनले आफू ५२ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै अनशन बसेको बताए । यो सँगै कोइराला तेस्रो पटक आमरण अनशन बसेका हुन ।

कोइरालाको अनशनमा ९ वटा लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित लगानीकर्ता एक हप्ता अगाडिदेखि आन्दोलित हुँदै आएका छन् ।

सेयर बजार बढाउन वा घटाउन आन्दोलन नगरिएको बताउँदै कोइरालाले सेयर बजारका लागि चाहिने नीति, नियम, प्रविधि र पुर्वाधारको सहि बन्दोबस्त र सहि नियमन हुनुपर्ने बताए ।

कोइरालाको आम्दोलनामा नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, पुँजीबजार फोरम, स्वतन्त्र पुँजीबजार सुधार संघ, लगानीकर्ता दबाब समूह, नेपाल धितोपत्र लगानीकर्ता संघ, लगानीकर्ता संरक्षण मञ्च र नेपाल पुँजीबजार लगानीकर्ता संघले साथ र समर्थन गरेका छन्