भन्सार छलिका सामान बिक्री गर्ने चार जनाविरुद्ध साढे १० करोडको मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राजस्व अनुसन्धान विभागले साढे १० करोड राजस्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले भारतबाट सामान चोरी गरी काठमाडौंमा बिक्री गर्ने गरेको आरोपमा न्यू मनकामना सप्लायर्स प्रोप्राईटर रेखा जैसवालसहित चार जना विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर समेत नतिरी साढे १० करोड बढी राजस्व चुहावट गरेको अभियोग छ ।

अर्घाखाँची घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा घर भई न्यू मालिका ढुवानी सेवा बुटवलको कारोबार हेर्ने शंकरप्रसाद आचार्य, सिद्धार्थनगर घर भई न्यू मनकामना सप्लायर्स रुपन्देहीका प्रोप्राइटर रेखा जैसवाल र भारत दिल्ली गान्धीनगर घर भई काठमाडौँ १ निवासी आशिष सिंह बिरुद्ध मुद्दा दर्ता भएको हो ।

मियाँ, आचार्य, जैसवाल र सिंहलाई १ करोड ३८ लाख ५५ हजार ५ सय ३८ रुपैयाँ र जैसवाल, मियाँ र सिंहलाई ९ करोड २१ लाख ९५ हजार ३६ रुपियाँ रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवानासहितको माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल भित्र्याई काठमाडौँ लगायतका ठाउँहरुमा विक्री वितरण गरी सो मालवस्तुको नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर समेत नतिरी राजस्व चुहावट गरेको विभागको आरोप रहको छ ।