गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

गरिमा क्यापिटलको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकहरुले आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस्ता छन् क्यापिटलका योजनाहरु:

दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र ९९९ रुपैंया भुक्तान गरी दश वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी दश वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । 

पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र ४९९  रुपैंया भुक्तान गरी वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी पाँच वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । 

आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १ हजार ९९९ रुपैंया भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।  

नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १५०  रुपैंया भुक्तान गरी एक वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नेछन् ।