पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न गभर्नर तयार

पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न गभर्नर तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरणका लागि छलफल गर्न सकारात्मक देखिएका छन्। 

राष्ट्र बैंकमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताएका हुन्। 

‘समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै सेयर लगानीकर्ताको समस्यालाई गम्भीर रुपमा अध्ययन गर्नेछौँ’, भेटमा गभर्नर अधिकारीले भने, ‘समस्या समाधानका लागि सहजीकरण गर्ने विषयमा छलफल अगाडि बढाउने छौँ।’

संघकी अध्यक्ष राधा पोख्रेलले गभर्नर अधिकारीलाई भेटेर पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराइएको बताइन्। ‘गभर्नर अधिकारीसहित राष्ट्र बैंकको सञ्चालक समितिका पदाधिकारीहरु पनि हुनुन्थ्यो’, उनले भनिन्, ‘उहाँहरुलाई हामीले सेयर बजारमा परेको दबाब, ४–१२ को क्याप र सीडी रेसियोले पारेको प्रभावका विषयमा अवगत गराएका छौँ।’