दोस्रो दिनपनि घट्यो शेयर बजार, दाेहाेराे अंकले परिसूचक घट्दा ७ अर्बको कारोबार

दोस्रो दिनपनि घट्यो शेयर बजार, दाेहाेराे अंकले परिसूचक घट्दा ७ अर्बको कारोबार


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार र सोमबार लगातार बढेको शेयर बजारले मंगलबार र बुधबार ओरोलो क्रमशः ओरालो यात्रा तय गरेको छ । हिजो (मंगलबार) ११ अंकले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १४ दशमलव १२ अंकले घटेको छ । दोहोरो अंकले घटेसँगै बजार २७ सय ३४ दशमलव ८३ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभर १ करोड ५३ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोडको कारोबार भएको छ। आज ९९ कम्पनी फाइदामा जाँदा १ सय ३८ कम्पनी घाटामा गएका छन् ।

आज सबैभन्दा धेरै विकास बैंक, श्रृजनशील लद्युवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।