शेयर बजारमा ११ अंककाे करेक्सन, ७ अर्बको कारोबार

शेयर बजारमा ११ अंककाे करेक्सन, ७ अर्बको कारोबार


काठमाडौं – साताको तेस्रो कारोबारको दिन शेयर बजारमा करेक्सन देखिएको छ । आइतबार र सोमबार लगातार दुवैदिन बढेको बजारमा (आज) मंगलबार गिरावट आएको हो । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव २४ अंकले घटेसँगै बजार २७ सय ४८ दशमलव ९६ को बिन्दुमा रोकिएको छ ।

आज बजार घटेसँगै कारोबार रकमा पनि गिरावट आएको छ । अघिल्लो कारोबारको दिन ११ अर्ब माथि कारोबार भएको बजारमा आज ७ अर्बको कारोबार भएको छ । आज दिनभर १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८० कम्पनी फाइदामा जाँदा १ सय ५७ कम्पनी घाटामा गएका छन् ।

घाटामा गएको बजारमा गुराँस लघुवित्त र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुडविल फाइनान्सकाे २९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।