सामलिङ्ग पावरको सञ्चालकमा को-को भए चयन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडमा सात सञ्चालक चयन भएका छन् । सामलिङ्ग पावर कम्पनीको २०७७/७८ को वार्षिक साधारण सभाबाट परित संशोधित नियमावली बमोजिम जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले मोहन दास मानन्धरको अध्यक्षतामा ७ जना सञ्चालक चयन गरेको हो ।

यसअघि कम्पनीमा ११ सदस्यीय सञ्चालक समिति रहेकोमा कम्पनीको सोमबारको बैठकले कायम सञ्चालक समितिको संख्या घटाई ११ सदस्यीयबाट ७ सदस्यीय सञ्चालकहरुको समिति गठन गरेको हो । नयाँ गठित सदस्यीय संचालकहरु यस प्रकार रहेका छन्

सञ्चालकको नाम

१.मोहन दास मानन्धर (अध्यक्ष)

२. शम्भु प्रसाद फुयाल (सञ्चालक)

३. श्याम मिलन श्रेष्ठ (सञ्चालक)

४. गोपाल मानन्धर (सञ्चालक)

५. विनय कुमार तोदि, (सञ्चालक) (ईक्यूटास होल्डिङस् प्रालि) का आधिकारिक प्रतिनिधि सर्वसाधारण समूहबाट निर्वाचित ।

६.दुर्गा देवि अधिकारी (सञ्चालक) सर्वसाधारण समूह “ग” बाट निर्वाचित

७. राजु शाक्य, (स्वतन्त्र व्यवसायिक सञ्चालक)

यसका साथै गठित नयाँ सदस्यीय सञ्चालक समितिले मोहन दास मानन्धरलाई यस कम्पनीको नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।