शेयर बजारमा उत्साहजनक वृद्धि, परिसूचक ६२ अंकले बढ्दा साढे ९ अर्बमाथिको कारोबार

शेयर बजारमा उत्साहजनक वृद्धि, परिसूचक ६२ अंकले बढ्दा साढे ९ अर्बमाथिको कारोबार


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । गत साता पर्ख र हेरको अवस्थामा रहेको बजारमा यो साताको पहिलो कारोबारको दिन शेयर बजार मापक परिसूचनक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि देखिएको हो ।

आज नेप्से परिसूचक ६२ दशमलव ५४ अंकले बढ्दै बजार २७ सय ३८ दशमलव ०६ को बिन्दुमा बन्द भएको छ। बजार बढेसँगै कारोबार रकममा पनि उलेख्य वृद्धि देखिएको छ । आज २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडकाे काराेबार भएकाे छ। २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य मात्रै घटेको छ।

आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ ।

आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।