बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने गोरखाकी लक्ष्मी सापकोटा पक्राउ परेकी छिन् । बाउन्स चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।
५१ वर्षिय निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६८ साल पुस ५ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।
उनलाई अदालतले साढे १२ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो ।



About Us
प्रतिक्रिया