बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कोरोबारकाे दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३५.५३ अंकले घटेर २ हजार १ सय ३७ दशमलब ९२ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य भने बढेको छ । आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२३ प्रतिशतले बढेर प्रतिकित्ता १४७५.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ३७ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया