बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा १९ करोड ६४ लाख ५७ हजार ५९४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले २०७८ पुस मसान्तसम्ममा १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा पछिल्लो त्रैमास (माघदेखि चैत) मा ७ करोड १६ लाख ६९ हजार रुपैयाँले खुद नाफा बढेको हो ।
चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६ लाख ४ हजार रुपैयाँ, बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ र महाविपत्ती कोषमा ४६ लाख ७ हजार रुपैयाँ सञ्चित छ ।
वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत पुससम्म २९ करोड ९९ हजार ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ करोड १ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८७ लाख ८८ हजार नाफा कमाएको थियो ।
चैत मसान्तसम्ममा कम्पनीको कुल बीमाशुल्क संकलन ५२ करोड ५९ लाख ६६ हजार पुगेको छ । पछिल्लो तीन महिनामा २२ करोड ४ लाख ८ हजारले बढेको हो ।
कम्पनीले तेस्रो त्रैमाससम्ममा १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ७ करोड ९२ लाख २३ हजार रुपैयाँ रहेको छ । पुनर्बीमा कमिशन वापत कम्पनीले ९ करोड ८५ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ । यस अवधिसम्म व्यवस्थापन खर्च ८ करोड २२ लाख रुपैयाँ छ ।
प्रतिक्रिया