बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।
उक्त बजेटले सेयर बजारलाई भने अपेक्षा अनुसार समेटन नसकेको बताइएको छ । लगानीकर्ताका अुनसार आगामी आवको बजेट सेयर बजारका लागि कागलाई बेल पाक्यो हर्ष न बिष्मात भएजस्तो भएको प्रतिकृया दिएका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले ल्याएको बजेटले लगानीकर्तामा उत्साह ल्याउन नसकेको बताइन् ।
‘पुँजीबजारको विस्तार र विविधिकरण गर्दै सम्भाव्य जोखिम न्युनिकरण गर्दै आम लगानीकर्ताहरुको हक हित संरक्षण गरिने आर्थिक वर्ष २०७९र०८० मा पनि सबै पुरानै पाना दोहोरिएको पाईयो । नयाँ बजेट नामकरण मात्र भएको छ’ उनले भनिन् ‘पुँजीबजार सुधारको कुरा हरेक बर्षको बजेटमा दोहोरिरहने तर त्यो बजेटमा मात्र सिमित रहने हुँदा लगानीकर्ता यसको मारमा पर्दै आएका छन् ।’
नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारैतिर बाँट थिलथिलो हुँदै गएको पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत बिषय र समस्याहरु यो बजेटमा समावेश हुन नसकेको उनको तर्क छ । ‘लाखौं लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले प्राथमिकतामा राख्न नसक्नु बिडम्बना र यो भन्दा निकम्मापना के हुन सक्छ रु भन्दै पोखरेलले प्रश्न गरेकी छिन् ।
फेसबुक वाल बाट



About Us
प्रतिक्रिया