काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न उच्च अदालतबाट बाटो खुलेको छ । शेयर निष्कासनविरुद्ध हरिबहादुर केसीसहित चार जनाले गत २५ असारमा दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।
यससँगै कम्पनीलाई बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न कानुनी बाटो खुलेको छ । यसअघि कम्पनीले वित्तीय विवरणमा जालझेल गरेको आरोप लागेको थियो ।
रिलाइन्सको आईपीओ विवाद चर्किएपछि संसदको सार्वजनिक लेखा समितिले पनि यसमा चासो देखाउँदै प्रक्रिया रोक्न र कागजात जाँच गर्न बोर्डलाई अनुराेध गरेकाे थियाे ।
प्रतिक्रिया