झिनो अंकले घटेको बजारमा ५ अर्बको कारोबार 

झिनो अंकले घटेको बजारमा ५ अर्बको कारोबार 


काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबारपनि शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । मंगलबार ०.२१ अंकले घटेको बजार आज १.८८ अंकले घटेको छ ।

आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) १.८८ अंकले घटेसँगै  बजार २६ सय ७५ दशमलव ५१ को बिन्दुमा रोकिएको छ । 

आज सामान्य करेक्सन देखिएको बजारमा १२१ कम्पनीले नाफा कमाएका छन् भने ११७ कम्पनी घाटामा गएका छन् ।  आज दिनभर ३२० कम्पनीको १ करोड  १६ लाख  कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै  नेपाल फाइनान्स शेयर कारोबार भएको छ । आज सो कम्पनीको  ३५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको  छ।

आज सबैभन्दा धेरै कुथली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.५५ प्रतिशतका दरले गुमाएका हुन् ।