बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले अल्लो, सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने बताए ।
यस्तै, कपासको खेती गर्नेलाई पनि बियाँ छान्ने मेसिनमा प्रोत्साहन गरिनेछ ।
प्रतिक्रिया