काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१२ अंकले बढेर बजार २५ सय ९९ दशमलव ९९ को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम समेत सामान्य बढेर ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ।
१०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, माउन्टेन इनर्जी नेपालको २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, नेपाल लाइफ समृद्धी लगानी योजनाका लगानीकर्ताले ४.७२ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा स्नो रिभर्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, धौलागिरी लघुवित्तका लगानीकर्ताले १२.८७ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया